×

Month: September 2022

नवलपुरका सबै स्थानीय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा

नवलपुरका सबै स्थानीय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा
कावासोती । नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा परेका छन । शुक्रबार निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने र बिलम्ब गरेर बुझाउने सबैलाई कार्वाही गर्ने निर्णय गरे सँगै जिल्लाका स्थानिय तहका प्रमुख, उप्रमुख तथा जनप्रतिनिधीमा निर्वाचित सहित उम्मेदवार बनेका एक जना बाहेक सबै कार्वाहीमा परेका हुन । आयोगले आयोग ऐन दफा २६ को उपदफा १ अनुसार सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष सहित जिल्लामा गत स्थानिय तहको निर्व...

ओली र प्रचण्डको जुहारी : मंसिर ४ मा हेरौंला

ओली र प्रचण्डको जुहारी : मंसिर ४ मा हेरौंला
काठमाडौं । प्रतिनिधिसभाको सुरुका वर्षहरुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जोडी खुबै जम्यो । वाम गठबन्धन बनाएर चुनाव लडेका उनीहरुले मिलेर सरकार मात्र बनाएनन्, पार्टी एकता नै गरे । प्रतिनिधिसभामा पनि एकअर्काको तारिफ गर्न पछि परेनन् । प्रतिनिधिसभाको अन्तिम बैठकमा भने एक अर्काप्रति तीतो पोखेर छुट्टिएका छन् । ५ पुस २०७७ मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अलगअलग बाटो डिँडेका दुई नेताले सार्वजनिक मञ्चहरुमा झैं शनिबार प्रतिनिधिसभा बैठकमा आरोप प्रत्यारोप गरे । एमाले ...

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता
धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।

लोकतन्त्र नेपालीको शासन हो, नेपाल अरु कसैले चलाउने होइन : ओली

लोकतन्त्र नेपालीको शासन हो, नेपाल अरु कसैले चलाउने होइन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै ओलीले एमालेले यसको सुरुवात गरेको बताए । ओलीले भने, ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ।’ओलीले कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर...

ग्रेस चितवनको आयाेजनामा आइतबार (भाेलि ) शैक्षिक मेला हुँदै

ग्रेस चितवनको आयाेजनामा आइतबार (भाेलि ) शैक्षिक मेला हुँदै
भरतपुर ।  विगत १६ वर्षदेखि शैक्षिक परामर्श गर्दै आइरहेको ग्रेस इन्टरनेसनल चितवनले युके र क्यानाडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ‘अप्लाई ढुक्क भएर’ नाराका साथ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। आउँदो असोज २ गते आइतबार ग्रेसको शहिदचोकस्थित आफ्नै कार्यालयमा हुन लागेको उक्त मेलामा बेलायत र क्यानाडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग सिधै आफूले पढ्न चाहेको विषयमा आधिकारिक सूचना पाउन सकिने र सोहि अनुसार आफ्नो भविष्यको निर्धारण गर्न सकिने ग्रेस इन्टरनेसनल चितवन...

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, ७ जना बेपत्ता
धनगढी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् ।जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालकाअनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता रहेका छन् ।अहिले प्रहरी टोली घटनास्थलतर्फ हिंडेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने बताइएको ...

विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।...

कुमारी बैंकले ल्यायो पाँच देखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना

कुमारी बैंकले ल्यायो पाँच देखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् । बैंकले सार्वजनिक गरेको योजना अनुसार २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ५ दिनमा १५ गुणा, ८ वर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १...

बालिका बलात्कार गरेको कसुरमा गैडाकोटका ५२ वर्षीय तामाङलाई १८ बर्ष कैदको फैसला

बालिका बलात्कार गरेको कसुरमा गैडाकोटका ५२ वर्षीय तामाङलाई  १८ बर्ष कैदको फैसला
गैँडाकाेट ।  १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका–७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपैया जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ ३१ गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला गरेको हो । तामाङले ०७७ पुस २५ गते एक बालिकालाई बलात्कार गरेको भन्दै ०७७ चैत २९ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दर्ता भएको थियो ।प्...