×

चितवन ।  पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले राष्ट्रवादी छवि भएका नेताहरुलाई जिताउनुपर्ने बेला आएको बताउनुभएको छ । कालिका नगरपालिका–५ भीमवली पार्कमा राप्रपा थारु महिला संगठन कालिकाले जितिया पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मंसीर ४ लाई असल र राष्ट्रवादी नेता छान्ने दिनका रुपमा लिनुपर्ने बताउनुभयो ।

“पार्टीले उठाएको नेता, उसैलाई भोट दिनुपर्छ भन्ने मनस्थितिलाई तिलाञ्जली दिनुस्”, उहाँले भन्नुभयो, “राष्ट्रवादी छवि भएका, विदेशीको इशारामा नचल्ने, स्वाभिमानी नेताहरुलाई जिताउनुपर्छ ।” उहाँले जनताको मत जितेर संसदमा पुगेपछि सधै सत्ताको खेलमा लागिपर्नेहरुलाई यसपाली विदाई गर्नुपर्ने बताउनुभयो ।

“सत्ताको गोटी चलाइरहनेहरुलाई विदाई गर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “सत्तामा जान जे गर्न पनि तयार हुनेहरुलाई मंसीर ४ मै विदाई गर्नुपर्छ । ” उहाँले थारु समुदायको भाषा, संस्कृति जगेर्नाका लागि जनप्रतिनिधिहरु, सरकारहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सामूहिक झमटा नाच पनि गरिएको थियो । यस्तै डटखट ९दर० खाएर रमाइलो गरिएको संगठनका उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया