×

चितवन । चाडपर्व नजिकिएसँगै चितवनमा बजार अनुगमनलाई तिव्र पारिएको छ । नेपालीहरुका ठुला चाडपर्व सुरु भएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरले बजार अनुगमनलाई तिव्र पारेको हो । यसैक्रममा विहीबार (आज) चितवनको रत्ननगर नगरपालिका क्षेत्रमा बजार अनुगमन गरिएको छ । सो क्रममा त्यहाँका किराना पसलमा म्याद गुज्रिएका सामाग्री भेटिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुर र रत्ननगर नगरपालिकाले गरेको अनुगमनका क्रममा किराना पसलमा म्याद गुज्रिएका समान भेटिएका हुन ।बजार अनुगमनको क्रममा बकुलहरको वावारामदेव किराना पसलमा पुजाको लागि प्रयोग गर्ने तेल विक्रीका लागि राखिएको, विल नकाटेको पाइएको खाद्य निरीक्षक घननाथ अधिकारीले जानकारी दिनुभयो ।

बकुलहरकै शुभलाभ इन्टरप्राइजेजमा अखाद्य ध्यू आधा केजीको ५ पकेट र एक केजीको ४ पकेट र झिलिङ्गा ११ पिस म्याद नाघेकोे सामान भेटिएको अधिकारीले बताउनुभयो ।म्याद नाघेका सामाग्री नष्ट गरिएको र त्यस्ता सामाग्री पसलमा नराख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आग्रह गरेको छ ।

झण्डै १ दर्जन किराना पसलमा अनुगमन गर्दा पसलहरुमा मुल्यसुची नराखेको,म्याद नाघेका सामाग्री भेटिएको र अखाद्य समाग्री विक्री भइरहेको पाइएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आगामी दिनमा समेत अनुगमनलाई प्रभावकारी बनाउने बताएको छ ।
बजार अनुगमनका क्रममा खाद्य सामाग्री म्याद गुज्रिएको भेटिएको रत्ननगर नगरपालिकाका सहकारी,बजार अनुगमन शाखा प्रमुख स्वस्तिका अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया