
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू ।’
माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनको आरोप छ ।माओवादी आन्दोलन पनि असफल हुने उनको दाबी छ । माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत ओलीले बताएका छन् ।