×

Month: September 2022

चितवन क्षेत्र नं. ३ मा बिक्रम पाण्डे सिफारिस

चितवन क्षेत्र नं. ३ मा बिक्रम पाण्डे सिफारिस
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो प्रतिनिधीसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट पार्टीका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेलाई एकल सिफारिस गरेको छ ।पूर्व मन्त्री समेत रहनुभएका निर्माण व्यवसायी पृष्ठभूमिका नेता पाण्डेलाई राप्रपा चितवनले जिल्लाको क्षेत्र नं. ३ मा एकल उम्मेदवारी सिफारिस गर्ने निर्णय गरेको हो । उहाँ यसअघि दोश्रो संबिधानसभा निर्वाचनमा माडी क्षेत्र समेट्ने तात्कालीन चितवन क्षेत्र नं. ५ बाट सभासद निर्वाचित हुनुभएको थियो ।त्यस्तै, प्रदेश सभा अन्तरगत ...

कालिका एफ.एमकाे २०औँ बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक

कालिका एफ.एमकाे २०औँ बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक
भरतपुर । चितवनकाे कालिका एफएमले २०औं बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक गरेको छ । एफ।एम परिसरमा मंगलबारआयोजित पत्रकार सम्मेलन गरि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम सार्वजनिक गरिएको हो । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ । महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा...

पर्यटक कुर्दै चितवनको गोलाघाट

पर्यटक कुर्दै चितवनको गोलाघाट
चितवन । पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ । कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक पनि आउन सकेनन् । गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ । वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आउनुभएकी रुपामाय...

कावासोतीबाट हराएका बालक भेटिए

कावासोतीबाट हराएका बालक भेटिए
नवलपुर । नवलपुरको कावासोतीबाट हिजोदेखि हराएका एक बालक घर फर्किएका छन् । कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि हराएकोमा आज दिउसो आफै घर आएका हुन् । उज्यालो खबरसँग कुरा गर्दै बालककी आमा राधा श्रेष्ठले छोरा दिउसो सकुसल घरमा आएको बताउनुभयो । बालक कहाँ र किन गएका थिए भन्नेबारेमा उनले केहि खुलाएका छैनन । बालक हराएको सूचना उज्यालो खबरले प्राथमिकतासाथ प्रकाशन गरेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय समता बोडिङमा पढ्ने आश...

पोखरेलको नेतृत्वमा नेपाल फोटो पत्रकार महासंघ चितवन पुनःगठन

पोखरेलको नेतृत्वमा नेपाल फोटो पत्रकार महासंघ चितवन पुनःगठन
चितवन । नेपाल फोटो पत्रकार महासंघ (एफ एन पी जे) जिल्ला समिति चितवनको अध्यक्षमा आनन्द पोखरेल निर्विरोध चयन भएका छन् । सोमबार भरतपुरमा बसेको भेलाले पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति पुनःगठन गरेको हो । शाखाको उपाध्यक्षमा अनिल भट्टराई, सचिवमा सुनील पराजुली, सहसचिवमा निशा श्रेष्ठ, कोषाध्यक्षमा सुनीलकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा प्रतिमा कुमाल निर्विरोध चयन भएका छन् । त्यसैगरी जिल्ला सदस्यहरु कुलप्रसाद काफ्ले, चरनदेव महतो, पूजा ढकाल, निरुता विक, प्रकाश तामाङ, सुरज प...

चितवनमा ‘सवारी’ को सेवा सुरु

चितवनमा ‘सवारी’ को सेवा सुरु
चितवन – राइड सेयरिङ प्लाटफर्म ‘सवारी’ ले चितवनमा पनि सेवा सुरु गरेको छ । भैरहवा , काठमान्डौ र पोखरामा राइड सेयरिङ सेवा सुरु गरेको सवारीले आफ्नो सेवा चितवनमा पनि विस्तार गरेको हो ।चितवनको नारायणगढमा आज आयोजित पत्रकार सम्मेलनमा सवारीका सिइओ शेर बहादुर शाहले चितवन र नवलपुरको गैँडाकोटका स्थानीयहरुका लागि लक्षित गर्दै सेवा सुरु गरिएको जानकारी दिनुभयो । सवारीको सेवा लिनका लागि ग्राहकहरुले मोबाइलमा सवारीको एप्लीकेशन डाउनलोड गर्नुपर्नेहुन्छ ।Savari Taxi Auto$Bike लेखिएको सवारीको ए...

कावासोतीमा स्कुल हिडेका १३ वर्षीय बालक हराए

कावासोतीमा स्कुल हिडेका १३ वर्षीय बालक हराए
नवलपुर । नवलपुरको कावासोतीबाट एक बाल हराएका छन् । कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय समता बोडिङमा पढ्ने आशिष स्कुल ड्रेस लगाएर लगाएर घरबाट हिडेकै अवस्थामा हराएका हुन् । बेपत्ता भएका बालकको अवस्था यो समाचार तयार पार्दा सम्म अज्ञातनै छ । तपाई पाठकमध्ये कसैले बालकलाइ देख्नु वा भेट्नुु भएमा जिल्ला प्रहरी कार्यालय नवलपुरको मोबाइल नम्बर ९८५७०९०३४४ अथवा आमा राधा श्रेष्ठको ...

पोखरामा महिलामाथि सामूहिक बलात्कार, आठ पक्राउ

पोखरामा महिलामाथि सामूहिक बलात्कार, आठ पक्राउ
कास्की – पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ । गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीड...

नारायणगढ – बुटवल सडक निर्माणमा ढिलाइ भएपछि गैँडाकोटमा विरोध प्रर्दशन

नारायणगढ – बुटवल सडक निर्माणमा ढिलाइ भएपछि गैँडाकोटमा विरोध प्रर्दशन
गैँडाकोट । नारायणगढ- बुटवल सडक खण्ड निर्माणको नाममा ठेकेदार पक्षले ढिलाई गरेको भन्दै नवलपुरमा स्थानीयहरु सडकमा आएका छन् । चाडोभन्दा चाडो सडक निर्माणको कामलाई अघि बढाउन भन्दै स्थानीयले आज राजमार्गमा विरोध प्रर्दशन समेत गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिकाको भेडाबारीमा उनिहरुले सडक निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउन आग्रह गर्दै प्ले कार्ड सहित नारावाजी समेत गरे । सडकको अवस्था भद्रगोल भएको, धुलो र खाडलले गर्दा यात्रामा समस्या आएको भन्दै तत्काल सडक मर्मत गर्न उनिहरुले...