
नवलपुर । नवलपुरको कावासोतीबाट हिजोदेखि हराएका एक बालक घर फर्किएका छन् । कावासोती नगरपालिका वडा नं. ५ घर भएका १३ वर्षका आशिष श्रेष्ठ आइतवार विहानदेखि हराएकोमा आज दिउसो आफै घर आएका हुन् ।
उज्यालो खबरसँग कुरा गर्दै बालककी आमा राधा श्रेष्ठले छोरा दिउसो सकुसल घरमा आएको बताउनुभयो । बालक कहाँ र किन गएका थिए भन्नेबारेमा उनले केहि खुलाएका छैनन । बालक हराएको सूचना उज्यालो खबरले प्राथमिकतासाथ प्रकाशन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार स्थानीय समता बोडिङमा पढ्ने आशिष स्कुल ड्रेस लगाएर लगाएर घरबाट हिडेकै अवस्थामा हिजोदेखि बेपत्ता भएका थिए ।