गैँडाकोट । नारायणगढ- बुटवल सडक खण्ड निर्माणको नाममा ठेकेदार पक्षले ढिलाई गरेको भन्दै नवलपुरमा स्थानीयहरु सडकमा आएका छन् । चाडोभन्दा चाडो सडक निर्माणको कामलाई अघि बढाउन भन्दै स्थानीयले आज राजमार्गमा विरोध प्रर्दशन समेत गरेका छन् ।

जिल्लाको गैँडाकोट नगरपालिकाको भेडाबारीमा उनिहरुले सडक निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउन आग्रह गर्दै प्ले कार्ड सहित नारावाजी समेत गरे । सडकको अवस्था भद्रगोल भएको, धुलो र खाडलले गर्दा यात्रामा समस्या आएको भन्दै तत्काल सडक मर्मत गर्न उनिहरुले माग गरेका छन ।

सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाके पुर्वी खण्ड प्रमुख रमेश दिष्टीले गत साउनको २३ गतेदेखि लागू हुनेगरी ३८६ दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो । निर्माण कम्पनीले भने दशैपछि मात्रै काम गर्ने जनाएको छ । गत साउन २२ गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति १८ प्रतिशतमात्र छ ।

तपाईको प्रतिक्रिया