चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ बजारमा आएको छ ।हाडजोर्नी रोग विशेषज्ञ डा पौडेलले कोरोनाको समयमा लेखिएका निबन्धहरुमा अन्य नयाँ निबन्धहरु थप गरी सो पुस्तक प्रकाशन गरेका हुन् ।सांग्रिला बुक्सले छापेको पुस्तकको असार ३२ गते औपचारिक कार्यक्रम गरेर चितवनमा सार्वजनिक गरिने कार्यक्रम रहेकाे छ ।

डा पौडेलले भनेका छन्, ‘यो किताब बिरामी र डाक्टरका भोगाईहरु समेटिएको निबन्ध संग्रह हो । बिरामीका आफ्नै कथास डाक्टरका आफ्नै कहानी । भिर माहुरीलाई भीरकै पीर, घर माहुरीलाई घरकै पीर भने जस्तै । पहिलो खण्डमा यस्तै लेखहरु समेटिएका छन् भने दोस्रो खण्डमा कोरोना समय सुरु भएपछि दोस्रो लहरसम्मका संस्मरणहरु छन् ।

मेडिकल सोसियोलोजीले खोज्ने मन छुने कुराहरु र यथार्थहरु यसमा पस्किएको छु । यहाँहरुले पढिदिए र ‘राम्रै रहेछ’ भनिदिए आभारी हुनेछु ।’ चितवनको रत्ननगर नगरपालिकामा स्थायी बसोबास गर्ने डा पौडेलको यो तेस्रो कृति हो । रत्ननगरको नेपाल माध्यमिक विद्यालयबाट प्ररम्भिक शिक्षा लिएका पौडेलले विद्यालयदेखि नै साहित्यिक गतिविधिमा रुचि राख्थे ।

तपाईको प्रतिक्रिया