×

चितवन । महालक्ष्मी विकास बैंक लिमिटेड भरतपुर शाखाले आफ्नो २८ औं बार्षिकोत्सवको अवसरमा चितवनको एक विद्यालयलाई भौतिक सामाग्री सहयोग गरेको छ । बैंकले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयलाई सहयोग गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको शिद्धिविनायक माध्यामिक विद्यालयको कम्प्युटर ल्यावलाई चाहिने समाग्री र विद्यालयमा खानेपानी संकलनका लागि १००० लिटर क्षमताको स्टिलको टंकी सहयोग गरेको बैकंले जनाएको छ ।

महालक्ष्मी विकास बैकं लिमिटेड भरतपुर शाखाका प्रमुख अजयकुमार सापकोटाको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलराम बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक सहदेव लकान्द्री (विक), शिक्षकहरु राजकुमारी रेग्मी, रिता लामिछाने, हनुक तामाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा बैकंले विद्यार्थीहरुका लागि वित्तिय साक्षरता सम्बन्धी जानकारी गराएको थियो । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन महालक्ष्मी विकास वैंकका पूर्व कर्मचारी तथा समाजसेवी रेशम सापकोटाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया