×

चितवन । मञ्जुश्री फाईनान्स लिमिटेडले चितवनजिल्लाको टाँडीमा शाखाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।

२०७८ आश्विन मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले १०।७७ अर्व निक्षेप संकलन गरि ८।५८ अर्व कर्जा परिचालन गरेको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिनुभयो ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र बित्त सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको प्रमुख कार्यकारी अधिकृत निरौलाले बताउनुभयो ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान,पोखरा, विरगञ्ज, मुर्गिया, योगी कुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिम चौक भरतपुर, पर्सावजार, ईनरुवा, झुम्कावजार र विराटचोकमा २० वटा शाखा रहेका थिए भने अव थप १ सहित शाखा संख्या २१ रहनेछ ।

तपाईको प्रतिक्रिया