चितवनमा नयाँ हवाई कम्पनी सेवा दिएको भएको छ । नयाँ शैलीका साथ गुण एयरलाइन्सले चितवनको भरतपुर-काठमाडौँ सेवा आगामी आगामी सेप्टेम्बर अन्तिम सातादेखि उडान सुरु गर्ने भएको छ । गुणले सेप्टेम्बर दोस्रो साताबाट आन्तरिक हवाई सेवा सुचारु गर्ने तयारी तीव्र पारेको एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्री प्रमुख प्रज्वल थापाले जानकारी दिए ।

हामी गुणस्तरीय हवाई सेवा दिन आएको हौँ उनले भने, गुणले अब भरतपुर काठमाडौंसहित पोखरा र तुम्लिङटारबाट उडानको सुरुवात गर्ने छ ।दुइवटा बिचक्राफ्ट र थप पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए । लकडाउनपछि यती एयरलायन्सले आफ्ना उडानहरु रोकेको छ । यतीले साना जहाजहरु गुण एयरलायन्सलाई बेचेको थियो । अहिले भरतपुरबाट बुद्ध एयरले मात्रै उडान भरिरहेको छ ।

काठमाडौंबाट थप सिमरा, भैरहवा, जनकपुर, नेपालगञ्ज र विराटनगरका लागि उडान गर्ने गरी तयारी गरिएको छ । आफूहरु यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने थापाले बताए । सुलभ र सस्तो दरमा यात्रुहरुलाई सेवा दिने समेत उनले बताए । चितवनको पर्यटन विकासमा समेत आफुहरुको उडानले नयाँ कोसेढुगां सावित गर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया