काठमाडौं । मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज  बिहान बाँडफाँट हुने तय भएको छ ।विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८: ३० बजे आईपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको हो । कम्पनीको प्रि–अलोटमेन्ट गत बिहीवार नै सम्पन्न भइसकेको छ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।यस आधारमा सर्वसाधारणलाई विक्री गरिएको ३ लाख ६८ हजार ५९३ कित्तालाई आधार मान्दा ३६ हजार ८५९ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने छन् ।

कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता म्युचुअल फण्डलाई छुट्याइएको थियो भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया