गैँडाकोट । शिद्धिगणेश कृषि समूह गैँडाकोट १ ले व्यवसायिक पुष्प खेती सुरु गरेको छ । जजुवा टोलमा रहेको उक्त समूहले वडाअध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा आज विरुवा रोपेर कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष सापकोटाले पुष्प खेतीले सामाजिक आर्थिक र वातावरणीय विकासमा टेवा पुग्ने बताउँदै उत्पादनमूलक कार्यक्रम गर्नेहरुलाई वडाले सहयोग गर्ने बताउनुभयो ।

समूहका अध्यक्ष तारानाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जजुवा टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी चालिसेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको समूहका सचिव दुर्गा वहादुर पुनले सहजीकरण गर्नुभएको थियो । पुष्प खेतीमा करिव ३ हजार विरुवा रोप्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया