काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ  सोमवार बाँडफाँट हुने भएको छ ।विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा बिहान ९:३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।

कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असार २५ गते प्रि–अलोटमेण्ट सम्पन्न गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको कुल रू। ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरेको छ ।

मागभन्दा करीब ७२ गुणा बढी आवेदन परेको कम्पनीको आईपीओ भाग्यमानी ३६ हजार ३४९ जनाले १० कित्ताका दरले हात पार्नेछन् भने बाँकी २ कित्ता यी आवेदकहरु मध्येबाट थप २ जनाले एक एक कित्ताका दरले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू। ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापकतर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री वितरण गर्न लागेको हो । आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू। १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

गत आर्थिक वर्ष ०७६र७७ सम्ममा रू। २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू। ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू। ११० दशमलव ८४ रहेको छ ।

तपाईको प्रतिक्रिया