Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । फागुन २१ गते देखि विक्री खुला भएको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाखभन्दा बढीले दिए आवेदन छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा बुधवार साँझसम्म १८ लाख ३२ हजार ९५८ जनाले आवेदन दिएका छन् । जुन हालसम्मकै धेरै आईपीओमा परेको आवेदन हो ।

यी आवेदकहरुबाट ३ करोड ८५ लाख ९६ हजार ५५० कित्ताको खरीद माग भएको सिडिएससीको भनाइ छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

 

तपाईको प्रतिक्रिया