Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ डिम्याट खातामा जम्मा भएको छ ।शनिवारबाट डिम्याट खातामा आएसँगै आगामी सातादेखि उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने छ ।कम्पनीको स्टक कोड निफ्रा रहेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११३ रूपैया ६२ पैसादेखि अधिकतम ३४० रूपैया ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६र७७ को प्रतिशेयर नेटवर्थ ११३ रूपियाँ ६२ पैसा रहेको छ ।

कम्पनीले जारी पूँजी २० अर्ब रुपियाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपियाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।

तपाईको प्रतिक्रिया