×

नवलपुर । ग्रीन डेभलपमेन्ट बैकं गैँडाकोटले वित्तीय शाक्षरता सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिका वडां. ५ मा रहेको बैकंको शाखा कार्यालयले स्थानीय विद्यार्थीहरुलाई वित्तीय शाक्षरता सम्वन्धी प्रशिक्षण दिइएको बैकंका शाखा प्रवन्धक कमल तिवारीले बताए ।
सरस्वती निकेतन उच्च माविका व्यवस्थापन संकायका कक्षा ११ का १२० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो । सामाजिक उत्तरदायीत्व अन्तर्गत  शाखा प्रवन्धक तिवारी स्वयंमले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन ।
पोखरामा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैकंको गैँडाकोट शाखा स्थापनाको छोटो समयमानै समाजिक कृयाकलापमा समेत सकृय छ । पछिल्लो समय बैकंले आफ्नो व्यवसायीक विस्तारलाई आक्रामक रुपमा बढाएको छ भने सर्वसाधरणको लागि निक्षेपमा उच्च व्याजदरको सुविधा उपलव्ध गराएको छ ।

तपाईको प्रतिक्रिया