Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५७ अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार साढे ३ अर्ब बढी रकमको कारोबार भएको छ ।

दिनभर भएका ४१ हजार ७ सय ६७ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया