सुदिप मिश्र ‘क्षितिज’
बिम्ब प्रतिबिम्ब भएपछि खोजिरहन लाग्नुहुन्न।
आशा र भरोसा टुगेपछि विश्वास खोजेर हिड्नु हुन्न।।
बादलको झुल्कोमा जुन मस्किएको बेला घाम खोज्नु हुन्न।
साझामा परिवर्तन खोज्ने पाश्चात्य चेतनालाई अँगाली रहनु हुन्न्न
सद्भावको भाषा बोल्दा खुशीका आसु ट्ल्केर खस्नुहुन्न
मायाको प्रभाब नभए के भो त सबैलाई एउटै आखाले हेर्नू हुन्न
सुखमा हासो दुखमा आसु सबैको बग्छ,बेकारमा नाटक गर्नु हुन्न
सरल सहज एकनास जिन्दगी पो जीवन अन्तररंगिलाइ रोक्नुहुन्न।
रहस्य हो कि चमत्कार बास्तबिकता नबुझी यौवन खोज्नुहुन्न।
ढ्ल्न थालेको सुर्यको किरणको अभिलाषा र इच्छा गर्नुहुन्न।।
चित्र बिचित्र भएपछि पश्चताप गरि बस्नुको अर्थ हुन्न।
नवीन, शिल्प ,शैली र कौशलको आशा गर अरु कसैको भर गर्न हुन्न।।