Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

पाल्पा । पल्पाको रिब्दिकोट गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ३ हार्थोक बजार र वडा नम्बर ७ बतासे बजार अनुगमन सम्पन्न भएको हो । अनुगमनको क्रममा पसलहरुले साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको,मुल्य सूची नराखेको पाइएको छ ।

बजारबाट म्याद नाघेका विभिन्न किसिमका खाध तथा अन्य उपभोग्य वस्तुहरु सरोकार वालाको रोहवरमा जलाई नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो ।

अनुगमनमा खाध प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठको समेत उपस्थिती रहेको थियो । मापडण्ड पुरा नगरेका पसललाई सचेत गराइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया