———————-
अबिष्मरणीय त्यो दिन !
समयको पलपल याद छ मलाई
दमले ग्रस्त बा’को अक्शिजन फेर्न नसक्दा
जीवनमा पहिलो पटक
तिमी र उनीहरुसंग
सहयोगको याचना गरेकी थिएँ मैले
अट्टहास सहित दानवहरुको बोली पनि याद मलाई
अछुत र बुढ्यौली छालाले नपाएपछि पेश्की
त्यसै साँझ हो ,बालाई
दाहसंस्कार गर्नपरेको
पिपाशुले बेश्यासंग ,
साइनो र प्रमाण केही हुँदैन जसरी भन्यौ
हो त्यही वचनले पोलेर
तिम्ले गरेका कर्तुतको मुचुल्का तयार गर्दै छु
आजकै दिनदेखि म पेशा परिवर्तन गर्ने कसम खाँदैछु
तिम्रो कथित जातिय भेदको
दर्जामा
म बादी जातकी युवती
यौन धन्दा मेरो पुर्ख्यौली पेशा
मेरा दाजु भाइले ग्राहक मोलमाल गर्छन्
आमको ताता आसुसंगै
मेरो कुमारीत्व हरण हुन्छ
मेरा आम दिदीले सम्झाउँछन्
पापी दुनियाँको रित
ओ महासय !
तिमी मलाई कसरी बेश्या भन्छौ ?
यौन आवेगमा तिमीलाई
मेरो थुक राल मिठा भए
मेरो टाँग अछुत भएन
अझै तिमी बर्षौको सम्बन्धको प्रमाण खोज्छौ!
तिमीले यौन प्यास मेट्न
जसरी मलाई प्रयोग गर्यौ
मैलेपनि ,
सम्बन्धका रेकर्डहरु
सुरक्षित राखेकी छु
म अछुतलाई
तिमीले लप्लपी चाटेको ,
अछुतको टाँगमुनी ठूलो जाती छिरेको ,
तिमीले गरेको षौरुषार्थ
ओ महासय !
हेर्न सक्छौ ?
सुरक्षित छन् मसंग सम्बन्धका फाइलहरु
हो ! म बेश्या हो !
तिमी अब अरु कसैलाई
भन्ने आट फेरि नगर्नू
बेश्यासंगको सम्बन्धको प्रमाण चाहियो
बेश्यासंग वर्षौ सहवास गर्ने
महासय !
तिमी को हो ?
तिमी आफ्नो नजरबाट आफलाई हेर्न सक्छौ ?
जातिय दृष्टि भ्रम
स- प्रमाण म यो समाजमा दाखिल गर्न सक्छु
अब बोल्छन् सम्बन्धका मिसिलहरु
तिमी को हो ?
राधा पाण्डे
गैंडाकोट न.पा.वार्ड न . १६ (नवलपुर)