नेपाली हौं नेपाललाई छाती भित्र राख्छौं
हिमाल पहाड तराईलाई सिङ्गो बनाई छाड्छौ ।
दिन रात खट्छौ हामी पसिना बगाउँछौं
आमा खुसी राख्न यहीँ माटोमा रमाउँछौं
छ्त्तीस वर्ण फुलको हामी एउटै माला गॉस्छौं
हिमाल पहाड तराईलाई सिङ्गो बनाई छाड्छौ ।
आफ्नै भाषा भेष बॉच्छ नेपाल आमा रहे
आमा पनि खुशी हुन्छिन् सन्तान साथमा भए
डम्फु मादल सनाईंमा रमाई-रमाई नॉच्छौं
हिमाल पहाड तराईलाई सिङ्गो बनाई छाड्छौ ।
नेपाली हौ नेपाललाई छाती भित्र राख्छौ
हिमाल पहाड तराईलाई सिङ्गो बनाई छाड्छौ ।
बिमला अधिकारी देवकोटा
चितवन भरतपुर १२