नवलपुर । गीतकार एवंम् आख्यानकार कल्पना खरेलको नयाँ उपन्यास बजारमा आउने भएको छ । पाँचौ कृतिको रुपमा स्रस्टा खरेलको नयाँ उपन्यास लभ इन जेरुसलेम बजारमा आउन लागेको हो ।
पैरवी बुक हाउस प्रा.लि ले बजारमा ल्याउन लागेको सो पुस्तक अर्को हप्तासम्म बजारमा आउने भएको छ । बैदेशिक रोजगारमा जानुुपर्ने बाध्यता र पारिवारिक विखन्डन र इजरायलको भूगोल, सस्कृति, इतिहास र द्धन्द सबैपक्षलाई समेटिएको गीतकार एवंम् आख्यानकार खरेलले बताउनु भयो ।
उपन्यासलाई उत्कृष्ट बनाउन आफुुले सक्दो मेहनत गरेको बताँउदै उहाँले सबैकुरा केलाउने जिम्मा पाठककै हुने बताउनुभयो । बजारमा यसअघि खरेलका उपन्यास , गीती संग्रह, गीती एल्वम र कथा सग्रहं बजारमा आइसकेका छन ।

तपाईको प्रतिक्रिया