×

काठमाडौं।  पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकार नियुक्त  हुनुभएकाे छ  सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएकाे हाे ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, सरकारका प्रवक्ता ज्ञवालीले भन्नुभयाे ।

तपाईको प्रतिक्रिया