
प्रकाश पोख्रेल
म
यो रोगी शहरमा
रोगीहरुको लागी
निरोगीताको उपहार छोडि रहेको छु
कतै म रोगी भए भने
मेरै साथी निरोगीताको उपहार लिएर
मेरो घरको अगाडी आउछन होला
त्यो वेला मेरा छिमेकी
मेरो घर वरिपरि घेरिन्छन होला
म संग ठोकिएका दिनहरु गन्छन होला
म निरोगीताको उपहार छोड्न जाँदा
रोगी भएर आएको शंका गर्छन होला
म संगै निरोगीताको उपहार वाड्ने साथी
म संगै टाढिन्छन होला
मेरो घरको बुढा बा र आमा
अनि मेरो सानो छोरा
डरले म बाटै टाढिन्छन होला
मलाई त सहानुभुती देला यो समाजले
सेतो बर्दिको योध्दा भनी
तर मेरो कारणले रोगी भई
उपचार नपाई छट्पटिएमा
मेरो सानो छोरालाई
म छु भन्ने कसले ।
जव म झोला भरि कपडा र
मन भरि निरासा बोकी
ढोका वाट वाहिर निस्कदा
सवैले मुखमा करुणाभाषले हेर्दा
छोरा टाढा जानि भयो भनी
बा र आमाले पिलपिल आँशु झराल्दा
मेरो सानो छोराले
बाबा नाई नाई भन्दै रुदै कराउदा
मेरो मुटु कति छिया छिया हुन्छ होला
मेरो मन कति भाचिन्छ होला
एक हुल मान्छेको अगाडी
जव हातमा झोला वोकी एम्वुलेन्स भित्र छिर्दा ।
गैडाकोट नगरपालिकाका हेल्थ असिष्टेण्ट पोख्रेल काेराेना कहरमा कन्ट्रयाक ट्रेसिङ र पीसीआर स्वाव कलेक्सनमा खटिरहेका छन । ।