×

सुदिप मिश्र
”बर्तमान र परिबेश”
धनीलाई धनको स्वर्ग
गरीबलाई दुःखको नर्क जस्तो
यो कुरुप कोरोनालाइ थाती राखेर
कुन्नि खै कति समय रुमलिनु पर्ने हो
डर त्रासको माहाभुमरिमा
कथित कोरोनाको सन्त्रासमा
बिरहमा दुख्छ नै
आखाको आँसु हो मटु चरक्क चिरिएपछी
गहबाट रसाएर आँसु बग्छ नै
कोरोनाले मेरा आत्मिय मनहरु लगेपछि
जीवनका आयातित यात्राहरू
अबरुद्ध हुदैछन
अविचलित अगाडि बढ्नुपर्ने
संकटमय घडीहरु आइरहन सक्छन
अनवरत अघि बढ्ने योजना पस्कन सक्नु पर्छ
समय परिस्थिति तर विश्व परिवेश आँकलन गर्नु पर्ने हुन्छ
देशले राष्ट्रियता खोजिरहेको बेला
लिपुलेक,लिम्पियाधुरा, कालापानी लुटिएको बेला
एकैपटक वज्रपात भो मेरो देशलाई
संयमित भै गन्तव्यको खोजी गर्नुछ
फेरि अर्को स्वर्णिम युगको खातिर
दुखिरहेको राष्ट्रियताको पीडालाई
हामि सबै मिलि सम्हाल्नु छ
कोरोना कहरको नीति बनाई लड्नुछ
समस्याको खाडलको चुनौती मोल्दै
कोरोना र राष्ट्र रक्षामा बिजय हासिल गर्नु छ
‍‍‍‍‍‍मिश्र भरतपुर महानगरपालिका -१२ सुनगाभा टोलका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया