
सिरानी
मैले उधार्दै गरेको सिरानी इङ्गित गर्दै
मेरो प्रौढ छोराले सोध्यो –
आमा ! यसरी हजुरले
के गर्नु भएको ?
चिसाआँसुले रातभरि कोप्यो बाबू !
निदाउन सकिन
बाहिर टन्टलापुर घाम छ
सिरानी खोलेर आँसुहरु सुकाउन लाएँ
भरेराति एक प्रहर
निदाउन सकुँला कि भनेर ।
राधा पाण्डे -गैंडाकोट न.पा. नवलपुर