परिबर्तनका लागि जनता र नेताको सम्वन्ध नङ र मासुको जस्तै हुनुपर्छ !
अजित अधिकारी, चितवन
चितवन । भनिन्छ जनताले चाहेभने देशमा आमूल परिबर्तन ल्याउन सक्छन् ।त्यसैले म भन्दछु जनता जनार्दन हुन् । अहिले देशमा बढीरहेको बढ्दो महँगी र भ्रष्टाचारले जनता आजित बनिरहेका बेला यतिबेला नेताका आश्वासनहरु जनतालाई तितो लाग्न थालेको छ ।नलागोस् पनि कसरी समस्या लिएर बारम्बार कार्यालय धाइरहँदा नेताका आश्वासनले फटालेका कयौं दर्जन जुट्टा अनि सुन्दासुन्दै पाक्नै लागेका ती कानहरु कहिलेकाही त, जनतालाई देशको अवस्था देखेर धिक्कार लाग्दो हो ।सबैका आआफ्ना सपना हु...



























