५० वर्षअघिको वैंश निकालेर अधिनायकवादविरुद्ध लड्न तयार छु : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी खोसेकोप्रति लक्षित गर्दै उनले त्यो काम अधिनायकवादी काम भएको बताए ।
एमाले निकट राष्ट्रिय युव संघ नेपालको राष्ट्रिय प्रचार भेला कार्यक्रममा ओलीले आफूले कसैको पक्ष नलिएको तर सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको बताए ।अधिनायकवादको विरोधम आफू ५० वर्षअघिको वैंश निकालेर लड्न तयार भएको भन्दै ओलीले ...


