×

राजनीति

न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन आज कार्यदलको बैठक बस्दै

न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन आज कार्यदलको बैठक बस्दै
काठमान्डौ । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ ।एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ । आजको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताएका छन् । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ । विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्र...

 गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने

 गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने
काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ।सर्वोच्चको संवैधानिक इजलासमा आज सांसदसमेत रहेका लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादबारे सुनुवाइ हुन लागेको हो। सर्वोच्चबाट लामिछानेविरूद्ध अन्तरिम आदेश आए उनी सांसद र मन्त्री हुन पाउँदैनन्।अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिर...

चैत ५ मा स्ववियु निर्वाचन गर्न विद्यार्थी कल्याण परिषदको सिफारिस

चैत ५ मा स्ववियु निर्वाचन गर्न विद्यार्थी कल्याण परिषदको सिफारिस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।विद्यार्थी कल्याण परिषदको बिहीबार बसेको बैठकले चैत ५ गते गर्नको लागि त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए । उनले अनलाइनबरसँग भने, ‘हामीले सबै डीन, निर्देशक तथा विद्यार्थी संगठनका केन्द्रिय अध्यक्षहरुसँग बसेर मिति सिफारिस गरेका हौं।’शिक्षाध्यक्षको अध्य...

देउवा पक्षका सातै प्रदेशका कांग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै बस्ने

देउवा पक्षका सातै प्रदेशका कांग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै बस्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।सभापति देउवाले आफू निकटका नेताहरुलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरुलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ । ‘सभापति देउवा पक्षका सबै केन्द्रीय सदस्यको बैठक बोलाउनुपर्ने माग थियो’, देउवा पक्षीय एक केन्द्रीय सदस्य भन्छन्, ‘धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले ...

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको धम्की

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको धम्की
धनगढी । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताए । उनले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिएका छन् । ‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो । व्यक्तिगत स्वार्थका...

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ : ओली

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउट खेल्नेले रेडकार्ड पाउने बताएका छन्।मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने उल्लेख गरेका छन्। ‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ, पोस्टमा हान्न सफल हुँदैन,’ फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डो लगायतको उदाहरण दिँदै ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अर्थात् हामी...

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने- अब निजगढको पालो

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्रीले भने- अब निजगढको पालो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण अघि बढाउनेसम्बन्धमा अन्योल छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निर्षकर्ष सहितको प्रतिवेदन...

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन् ।तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे । अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।’ कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा,...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठरआठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता...