×

राजनीति

विप्लव समूहद्वारा आन्दोलन घोषणा

विप्लव समूहद्वारा आन्दोलन घोषणा
काठमाडौं । विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’सहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेका हुन् । विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ । सरकारले समूहमाथि दमन गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्...

विप्लब समूहका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ

विप्लब समूहका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् । उनी मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको छ । बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद  भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको छैन ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाण्डाै – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा ...

चुनावको तयारीमा लाग्न कार्यकर्तालाई देउवाको  निर्देशन

चुनावको तयारीमा लाग्न कार्यकर्तालाई देउवाको  निर्देशन
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा आन्दोलन गरेर, धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृति गलत रहेको बताएका छन् । देउवाले अदालतलाई यसो गर भनेर कसैलै सडकबाट दबाब दिन नहुने बताए । कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकमा मंगलबार आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीता समापन समारोहमा बोल्दै सभापति देउवा आक्रोशित बनेका हुन् । कार्यक्रममा देउवाले भने–अदालतमा विचाराधीन मुद्दा लाई प्रभ...

निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समूहको माग

निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समूहको माग
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरु आयोगमा पुगेका थिए । ‘अवैधानिक प्र...

देउवाले भने– अदालतलाई दबाब नदिऊँ, प्रचण्डहरु पनि चुनावमा आउँछन्

देउवाले भने– अदालतलाई दबाब नदिऊँ, प्रचण्डहरु पनि चुनावमा आउँछन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । विघटनविरुद्ध देशभर प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई यो गर, त्यो गर भन्न नमिल्ने बताए । देउवाले भने– अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको न...

ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’
काठमाडौं । प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ।शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्। उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्। उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो।काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइती मण्डलाको मूल र्‍यालीमा जोडिनेछ।प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।

मतदाता नामावली तयारीसँगै मतदान स्थल र केन्द्र निर्धारणको काम सुरु

मतदाता नामावली तयारीसँगै मतदान स्थल र केन्द्र निर्धारणको काम सुरु
काठमाण्डौ । प्रतिनिधि सभा विघटनबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि निर्वाचन आयोगले चुनावको लागि आवश्यक तयारी अघि बढाएको छ । आउँदो वैशाख १७ र २७ गते चुनावको मिति घोषणा भइसकेकाले त्यसअनुसार तयारी थालिएको आयोगले जनाएको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी प्रक्रियासँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम सुरु गरेको हो । अन्तिम मतदाता नामावली प्रकाशन गर्नुअघि नै मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गरिसक्नुपर्ने आयोगले जनाएको छ । प्रमुख जिल्ल...

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ : पार्वती रावल (भिडियो सहित)

मतपत्र च्यातेर चुनाव जित्ने इतिहास दोहोरिन दिदैँनौ   : पार्वती रावल  (भिडियो सहित)
गैँडाकोट। राष्ट्रियसभा सदस्य दिलकुमारी रावल (पार्वती) ले मुलुकको समृद्धि र विकासको सपना बोकेर हिडेका प्रधानमन्त्री माथि पार्टि भित्रैबाट काम गर्न नदिइएको बताउनुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई लिएर सरकार अघी बढिरहेको अवस्थामा संसदीय दलबाटै बाटो छेक्ने काम भएको रावलको दावी छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओली पक्षिय नेतृ रावलले बहुमत प्राप्त दलको नेता तथा सरकारको प्रमुखलाई कुनैपनि हालतमा अगाडी बढ्न नदिने, विना आधार अभियोगपत्र तया...