
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् ।
विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
उनी मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको छ । बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको छैन ।