Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरु आयोगमा पुगेका थिए । ‘अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै हो भन्यौं’, आयोगमा पुगेका प्रचण्ड–माधव समूहका नेता रामनारायण विडारीले भने ।

आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् ।प्रचण्ड–माधव समूहका नेताहरुले पार्टीको वैधानिकतालाई विवादमा आयोगले पठाएको पत्रबारे पनि चासो राखेका छन् ।

तपाईको प्रतिक्रिया