×

राजनीति

कांग्रेस बैठक आजपनि, विभिन्न प्रस्तावमाथि छलफल हुने

कांग्रेस बैठक आजपनि, विभिन्न प्रस्तावमाथि छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा बुधबार पेस भएका विभिन्न प्रस्तावमाथि छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बुधबारको बैठकमा पार्टीको १४ औैं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्ने लगायत विभिन्न प्रस्ताव पेस भएका थिए ।४ वर्ष कार्यकाल रहेको पार्टीको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ । संवैधानिक प्रावधान अनुसार थप ६ महिना बढाउने सक्ने व्यवस्था अुसार केन्द्र...

संसद विघटन : एमिकस क्युरीको बहस आज पनि

संसद विघटन : एमिकस क्युरीको बहस आज पनि
काठमाडौं । अदालतको सहयोगी एमिकस क्युरी ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रिबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए । खरेल र मैनालीको राय बाझिएको थियो । खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए । मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गरेका थिए । आज एमिकस क्युर...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले जानकारी दिए । १३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा समाप्त भएको थियो । विधानमा भएको व्यवस्था अनुसार एक व...

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्ः प्रम ओली

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्ः प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमीश्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको हो । वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजल...

आयोगलाई देउवाको प्रश्न : सूर्य चिन्ह बारे निर्णयमा किन ढिलाई ?

आयोगलाई देउवाको प्रश्न :  सूर्य चिन्ह बारे निर्णयमा किन ढिलाई ?
बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने उनको आशंका छ । प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नभन्ने बताए । यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने बताए । उनले भने, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीला...

प्रधानमन्त्री ओलीको कदम अराजनैतिक: काग्रेस नेता थापा

प्रधानमन्त्री ओलीको कदम अराजनैतिक: काग्रेस नेता थापा
चितवन- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न चुनाव हो कि संसद पुर्नस्थापना भन्ने नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज भरतपुरको चौविसकोठीमा गरेको जनसभामा बोल्दै नेता थापाले सो बताएका हुन् । उनले अहिले कांग्रेसलाई सोधिने प्रश्न तपाइँ संसद पुर्नस्थापना चाहने हो कि चुनाव हो भन्ने रहेको भन्दै यो दुवै प्रश्न गलत रहेको बताएका छन् । उनले भने, ‘कांग्रेसको एजेण्डा पुर्नस्थापना वा चुनाव होइन । हामी संविधान जोगाउने पक्षमा लाग्नुपर्छ । ’ उनल...

कांग्रेसले कावासाेतीमा विराेधसभा आज गर्दै : केन्द्रीय सदस्य गुरुङले सम्बोधन गर्ने

कांग्रेसले कावासाेतीमा विराेधसभा आज गर्दै : केन्द्रीय सदस्य गुरुङले सम्बोधन गर्ने
कावासोती । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुन स्थापनको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले आज  आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत ७७ जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ । यता नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीको आयोजनामा आज जिल्ला सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन र विरोध सभा आयोजना गरिएको नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णु लामिछानेले बताएका छन् । कावासोतीमा हुने विरोध सभालाई नेपाली काङ्ग्रेसका ...

निर्वाचन आयोग चुनावको तयारीमा :आज दलहरुसँग छलफल

निर्वाचन आयोग चुनावको तयारीमा :आज दलहरुसँग छलफल
काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्न लागेको छ।निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान ११:३० बजे दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।‘संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको हो,’ श्रेष्ठले भने। आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको हो।आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको जनाएको छ। उक्...

महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरूको भेला

महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरूको भेला
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेपछि छलफल गरी आवश्यक रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाउने भएको छ। फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेको छ। तर कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे अहिलेसम्म नेताहरूसँग परामर्श गरेका छैनन्। पौडेलसहित उनी पक्षका नेताहरू शनिबार महामन्त्री शशांक कोइराला निवासमा भेला गरी सभापति देउवालाई दवाव दिन जिल्ला सभापतिको भेला गर्ने निर्णय गरेका छन्। पौडेल...