Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन-

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न चुनाव हो कि संसद पुर्नस्थापना भन्ने नभएको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आज भरतपुरको चौविसकोठीमा गरेको जनसभामा बोल्दै नेता थापाले सो बताएका हुन् ।

उनले अहिले कांग्रेसलाई सोधिने प्रश्न तपाइँ संसद पुर्नस्थापना चाहने हो कि चुनाव हो भन्ने रहेको भन्दै यो दुवै प्रश्न गलत रहेको बताएका छन् । उनले भने, ‘कांग्रेसको एजेण्डा पुर्नस्थापना वा चुनाव होइन । हामी संविधान जोगाउने पक्षमा लाग्नुपर्छ । ’ उनले संविधान कांग्रेसको मात्र विद्यान नभएर सिंगो देश एक भएर लेखिएको दस्तावेज भएको बताएका छन् । उनले भने, ‘ संविधानमा कांग्रेसको असहमतिहरु भए पनि यो साझा दस्तावेज बनेको छ ।’ उनले संविधान तलमाथि भयो भने विकल्प नै केही छैन ।

नेता थापाले इतिहासमा भएका कमीकमजोरीहरुलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताए । उनले अदालतले पनि संविधान पढ्नुपर्ने विचार राखे । उनले केपी ओलीको कदम अराजनीतिक कदम भएकोले अदालतले संसद पुर्नस्थापना गरेमा संविधानको जग भत्कँदै जान्छ ।

तपाईको प्रतिक्रिया