×

राजनीति

यस्तो छ प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

यस्तो छ प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेको छ । फैसलासँगै संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चले परमादेश दिएको छ । संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिँदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो । फैसलाको पूर्णपाठ हेर्नुस् : 077-WC-0028

प्रतिनिधिसभा विघटन- सर्वोच्चको फैसला सुनाउने क्रम शुरू

प्रतिनिधिसभा विघटन- सर्वोच्चको फैसला सुनाउने क्रम शुरू
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् ।

निर्मला पन्तको हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउँछाै : प्रधानमन्त्री

निर्मला पन्तको हत्यारालाई  चाँडै कानुनी दायरामा ल्याउँछाै : प्रधानमन्त्री
फाइल तस्बिर । कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयप्रति आफ्नो पूर्ण विश्वास र सम्मान रहेको बताएका छन् । दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुगेका ओलीले अदालतलाई सधैँ सम्मान गर्ने दोहोर्‍याए । शनिबार विराटनगरमा गरेको सम्बोधनलाई लिएर केहीले हौवा फिँजाएको भन्दै ओलीले आफूले लोकतन्त्र बलियो पार्ने र देश बनाउने आन्दोलन गर्ने भनेको तर ढुंगामुढा र नाराजुलुश गर्ने आन्दोलनका रूपमा अफवाह फैलाइएको प्रष्ट्याए । भागबण्डाको राजनीति र अस्थिरताको खेल शुरू...

विराटनगरमा आज नेकपाको जनसभा, प्रम ओलीले सम्बोधन गर्दै

विराटनगरमा आज नेकपाको जनसभा, प्रम ओलीले सम्बोधन गर्दै
काठमाडौं । नेकपाले मोरङको विराटनगरमा आज विशाल जनसभा आयोजना गर्दै छ । नेकपा प्रदेश-१ को आयोजनामा हुन लागेको विशाल जनसभालाई प्रधामन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । जनसभालाई गृहमन्त्री रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत नेकपाका शीर्ष नेताहरूले पनि सम्बोधन गर्नुहुने बताइएको छ । जनसभाको तयारी पूरा भएको नेकपा प्रदेश-१ ले जनाएको छ ।

चुनावकाे तयारीमा जुट्न कार्यकर्ता लाई कांग्रेस सभापति देउवाकाे निर्देशन

चुनावकाे तयारीमा जुट्न कार्यकर्ता लाई  कांग्रेस सभापति  देउवाकाे निर्देशन
नुवाकाेट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले अदालतको निर्णय कुर्नुपर्ने देउवाले बताए। पार्टीका नेताहरूले चुनाव हुँदैन भनिरहेको उल्लेख गर्दै उनले अदालतले पुनर्स्थापनाको निर्णय नगरे चुनाव हुने बताए। त्यसबेला चुनावको तयारी गर्न ढिलाइ हुने भएकोले अहिलेदेखि नै तयार रहन उनले नि...

आयोग र अदालत आफूहरू विरूद्ध गए संघर्ष गर्ने प्रचण्ड – नेपालको धम्की

आयोग र अदालत आफूहरू विरूद्ध गए संघर्ष गर्ने प्रचण्ड – नेपालको धम्की
काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जस्तुसुकै अवस्था पनि सामना गर्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक सकिएको छ।शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निश्कर्ष निकालेको हो। पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले श-शरीर उपस्थित हुनुपर्छ भने पनि आफूहरू तयार रहेको भन्दै आयोग र अदालत आफूहरू विरूद्ध गए संघर्षमा जाने निश्कर्ष निस्किएको नेकपा केन्द्रीय सदस्य अञ्जन...

देउवाले थेगेर थेगिँदैन, प्रदेश सरकारको विपक्षमा उभिन्छौं  : रामचन्द्र पौडेल

देउवाले थेगेर थेगिँदैन, प्रदेश सरकारको विपक्षमा उभिन्छौं  : रामचन्द्र  पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले चाहँदैमा कांग्रेसले प्रदेश सरकार जोगाउने निर्णय नगर्ने बताएका छन् ।प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छ । दुवै प्रदेशमा निर्णायक कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले भने, ‘हामी प्रतिपक्षी हौं, प्रतिपक्षको धर्म सत्तापक्षको खिलापमा आउने प्रस्ताव पास गर्ने हो ।’तर सभापति शेरबहादुर देउव...

आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं :देउवा

आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं :देउवा
पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’ जुलुस...

 प्रधानमन्त्री ओलीको लिखित जवाफ : अदालतको अवहेलना गर्ने कुरा कल्पनासमेत गर्न सक्दिनँ (जवाफ सहित)

 प्रधानमन्त्री ओलीको लिखित जवाफ : अदालतको अवहेलना गर्ने कुरा कल्पनासमेत गर्न सक्दिनँ (जवाफ सहित)
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्नुभएको छ । उहाँले अदालतको अवहेलना गर्ने कुरा आफूले कल्पनासमेत गर्न नसक्ने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अदालतबाट हुने न्याय सम्पादनका कार्यलाई असर गर्ने गरी कुनै कार्य नगरेको दाबी गर्नुभएको छ । रिट निवेदकले हुँदै नभएको विषय र अप्रासङ्गिक कानुनी व्यवस्था उल्लेख गर्दै अदालतलाई भ्रम पर्ने गरी रिट दर्ता गरेको ओलीको भनाइ छ । अदालतमा विचाराधीन प्रतिनिधि सभा ...