×

राजनीति

भ्रष्टाचार नियन्त्रणमा उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई

भ्रष्टाचार नियन्त्रणमा उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् ।घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय
कांग्रेस पदाधिकारी बैठको फाइल तस्वीर । काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी  विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।‘नेकपाको विवाद अन्तिम टुंगो ...

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस  पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।बिहीबार अपरान्ह ३ बजेका लागि पदाधिकारी बैठक बस्न लागेको छ। पार्टी सभापति देउवाको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो। देउवाका सहयोगी भानु देउवाका अनुसार आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ।सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पदाधिकारी बैठक राखेका छन्। बुधबार नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल ...

प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक: अविश्‍वास प्रस्तावबारे नयाँ ढंगबाट सोच्न सकिने 

प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक: अविश्‍वास प्रस्तावबारे नयाँ ढंगबाट सोच्न सकिने 
काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा पुनस्स्थापना भएको सन्दर्भमा प्रधानमन्त्रीविरूद्धको अविश्‍वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगबाट सोच्ने बताएको छ । स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लाग्नुभएकाहरूलाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेका छौं ।’ बैठकले प्रतिनिधि सभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको ठहर सहित आन्दोलनमा सहयोग गर्ने सबैलाई...

चार निर्णय गरेर सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने

चार निर्णय गरेर सकियो ओली समूहको स्थायी कमिटी बैठक, भोलि फेरि बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्णय गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।उनका अनुसार आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ। कतिपय फैसलाहरू अपेक्षित हुँदैनन्। तिनका परिणाम पनि राम्रा हुँदैनन्। सर्वोच्चको हिजोको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्नहरू छन्,’ ज्ञवालीले भने,‘तर स...

अबको प्रधानमन्त्री पनि केपी ओली :शिक्षामन्त्री श्रेष्ठ

अबको प्रधानमन्त्री पनि केपी ओली :शिक्षामन्त्री श्रेष्ठ
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उनले बताए । सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’ कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने उनले बताए । ‘राजिनामा दिने हामी कायर हो र, कुनै पनि हालतमा राजिनामा आउँदैन । प्...

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् । ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु छन् ।

प्रचण्डले भने : केपी ओली जी  राजीनामा दिनुहोस !

प्रचण्डले भने : केपी ओली जी  राजीनामा दिनुहोस !
चितवन। विभाजित नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्ष का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै राजनीतिक दलसँग समझदारी बनाएर अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतको फैसलापपछि चितवनबाट प्रतिक्रिया दिँदै दाहालले भने, ‘अब हामी राजनीतिक दलहरुसँग समझारी बनाएर जान्छौं ।’ प्रचण्डले चितवनमा गरेको सम्बोधनको बुँदागत अंश  देशभरीका सबै पार्टींलाई आआफ्नो ढंगले विजय र्‍यालीका रूपमा मनाउन आग्रह गर्दछु । बौद्धिक समुदाय, न्यायिक क्षेत्रमा काम गर्ने, पत्रकार सबैको विजय हो । न्य...