×

काठमाडौं । नेकपाको प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा पुनस्स्थापना भएको सन्दर्भमा प्रधानमन्त्रीविरूद्धको अविश्‍वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगबाट सोच्ने बताएको छ ।

स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लाग्नुभएकाहरूलाई आ-आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेका छौं ।’

बैठकले प्रतिनिधि सभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको ठहर सहित आन्दोलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीलाई राजीनामा दिन भनेका छौं । अहिलेसम्म राजीनामा आएको छैन । प्रतिनिधिसभाको बैठकबाट संविधान अनुसार प्रक्रियाको बारेमा छलफल हुनेछ ।’

आफूहरू हिजैदेखि पार्टी एकताको पक्षमा रहेको भन्दै श्रेष्ठले भने, ‘पार्टी एकतालाई प्रहार गर्ने चोइट्याउनेले र आफूलाई आत्मालोचक ढंगले प्रस्तुत नगरेसम्म कुराका लागि कुरा मात्र हुन्छ । मैले संविधान र लोकतन्त्रको विरुद्ध लागेर गल्ती गरें भन्नुपर्‍यो ।’

 

तपाईको प्रतिक्रिया