Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा बुधबार पेस भएका विभिन्न प्रस्तावमाथि छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बुधबारको बैठकमा पार्टीको १४ औैं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्ने लगायत विभिन्न प्रस्ताव पेस भएका थिए ।४ वर्ष कार्यकाल रहेको पार्टीको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ । संवैधानिक प्रावधान अनुसार थप ६ महिना बढाउने सक्ने व्यवस्था अुसार केन्द्रीय समितिमा प्रस्ताव पेस गरिएको छ ।

तपाईको प्रतिक्रिया