×

राजनीति

राजनीति सँगै कृषिमा रमाउँदै युवा नेता सन्ताेष पनेरु

राजनीति सँगै कृषिमा रमाउँदै युवा नेता सन्ताेष पनेरु
चितवन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग वाइसीएलका जिल्ला इन्चार्ज सन्तोष पनेरु यतिबेला आफ्नै कृषि फार्ममा तल्लीन हुनुहुन्छ । माडी नगरपालिका–५ छरछरेमा उहाँले माडी सामूहिक बहुउद्देश्यीय एग्रो एण्ड भेट फार्म नामक संस्था सञ्चालन गरिरहनुभएको हो । सोही फार्मको सञ्चालकका रूपमा पनेरु अहिले कृषि कर्ममा लाग्नुभएको छ । उहाँसँगै राजनीति गरिरहेका अन्य तीन व्यक्तिको साझा लगानीमा उहाँले फार्म सञ्चालनमा ल्याउनुभएको हो । अनेरास्ववियु क्रान्तिकारीक...

माधव नेपाल सहित ११ नेतामाथी एमालेकाे डण्डा ,साधारण सदस्य समेत नरहने गरि निष्कासन

माधव नेपाल सहित ११ नेतामाथी एमालेकाे डण्डा ,साधारण सदस्य समेत नरहने गरि निष्कासन
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् । ब...

माओवादी केन्द्र नवलपुरले भन्यो : “राष्ट्रपति र प्रधानमन्त्रीको कदम प्रतिगामी” (विज्ञेप्ति सहित )

माओवादी केन्द्र नवलपुरले भन्यो :  “राष्ट्रपति र प्रधानमन्त्रीको कदम प्रतिगामी”  (विज्ञेप्ति सहित )
गैँडाकोट । नेकपा माओवादी केन्द्र नवलपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा राष्ट्रपतिले चालेको कदम प्रतिगामी भएको ठहर गर्दै भत्र्सना गरेको छ ।संवैधानिक ब्यवस्थालाई कुल्चियर चालिएको कदम संविधानको प्रतिकुल र राजनैतिक दुरासयपूर्ण रहेको माओवादी केन्द्र नवलपुरले जनाएको छ । नेकपा माओवादी (केन्द्र)का जिल्ला सचिव मित्रशरण शर्मा (विहानी) द्धारा जारी विज्ञेप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भैरहेको यसप्रकारको असंवैधानिक, अलोकतान्त्रीक तथा राष्टघाती कदमको विरुद्ध कान...

एमाले सचेतक शान्ता चौधरीद्धारा सुविधाकाे गाडी फिर्ता

एमाले सचेतक शान्ता चौधरीद्धारा सुविधाकाे गाडी फिर्ता
काठमान्डौ ।  प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् । जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् । ‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले भनिन् ।संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ  । उनले गाडी फिर्ता गरे सँगै सामाजिक सन्जालमा सबैले राम्राे गरेकाे भन्दै प्रशंसा गरे...

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता
काठमाडौं । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत ) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।निर्वाचन आयोग स्रोतका अनुसार नेकपा एकीकृतको उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् । माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव ...

देउवाबारे प्रधानमन्त्रीको टिप्पणी :  राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन

देउवाबारे प्रधानमन्त्रीको टिप्पणी :  राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् । शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ ।’

माधव समूहलाई कारबाही गर्न एमाले स्थायी कमिटी बैठक आज बस्दै

माधव समूहलाई कारबाही गर्न एमाले स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बोलाइएको हो ।प्रतिनिधिसभा विघटन पछि पार्टीको रणनीति र माधव नेपाल पक्षले काँग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराएको विषय बैठकमा छलफल गरिने जनाइएको छ । माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारबाहीको सङ्केत गरेका अध्यक्ष ओलीले विपक्षी गठबन्धनसँग जोडिएको विषयलाई लिएर केही सदस्यहरूलाई क...

चुनावको तयारीका लागि बालुवाटारमा निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

चुनावको तयारीका लागि बालुवाटारमा निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं । सरकारले कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगसँग छलफल थालेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गर्दैछन् । विहान ११ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समभागी छन् ।त्यस्तै प्रम...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन, ओली र देउवाको दावी पुगेन

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन, ओली र देउवाको दावी पुगेन
काठमाडौँ, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्नुभएको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गर्नुभएको हो । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावध...