Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । नेकपा माओवादी केन्द्र नवलपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिसमा राष्ट्रपतिले चालेको कदम प्रतिगामी भएको ठहर गर्दै भत्र्सना गरेको छ ।संवैधानिक ब्यवस्थालाई कुल्चियर चालिएको कदम संविधानको प्रतिकुल र राजनैतिक दुरासयपूर्ण रहेको माओवादी केन्द्र नवलपुरले जनाएको छ ।
नेकपा माओवादी (केन्द्र)का जिल्ला सचिव मित्रशरण शर्मा (विहानी) द्धारा जारी विज्ञेप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भैरहेको यसप्रकारको असंवैधानिक, अलोकतान्त्रीक तथा राष्टघाती कदमको विरुद्ध कानूनी तथा राजनैतिक सवै प्रकारको संघर्ष गर्ने चेतावनी दिइएको छ ।

हेर्नुहाेस विज्ञेप्ति 

 

तपाईको प्रतिक्रिया