×

काठमान्डौ ।  प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् । जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् ।

‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले भनिन् ।संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ  । उनले गाडी फिर्ता गरे सँगै सामाजिक सन्जालमा सबैले राम्राे गरेकाे भन्दै प्रशंसा गरेका छन ।

तपाईको प्रतिक्रिया