×

राजनीति

विपक्षी गठबन्धनकाे एकै स्वर : भारतलाई रिझाउन गिट्टी बालुवा निकासीको राष्ट्रघाती निर्णय

विपक्षी गठबन्धनकाे  एकै स्वर : भारतलाई रिझाउन गिट्टी बालुवा निकासीको राष्ट्रघाती निर्णय
काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहीत विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिटीको निकासी गरेर व्यापार घाटा न्यूनिकरण गर्ने बजेटको घोषणाको विरोध गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल,...

गण्डकीका मुख्यमन्त्री गुरूङद्धारा २७ गते विश्वासको मत लिन प्रस्ताव

गण्डकीका मुख्यमन्त्री गुरूङद्धारा २७ गते विश्वासको मत लिन प्रस्ताव
पोखरा।  गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले यही जेठ २७ गते विश्वासको मत लिन प्रस्ताव गरेका छन्। प्रदेश सभा सञ्चालन गर्न शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले उक्त प्रस्ताव राखेका हुन्। वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरूङले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।विश्वासको मत लिन सरकार पक्षले राखेको प्रस्तावमा विपक्षी दलले असहमित जनाएका छन्। प्रदेश सभाको चालु बजे...

राजेन्द्र महतोको अभिव्यक्तिप्रति ओलीको अनभिज्ञता देखेर आश्चर्य लाग्यो : वामदेव गौतम

राजेन्द्र महतोको अभिव्यक्तिप्रति ओलीको अनभिज्ञता देखेर आश्चर्य लाग्यो : वामदेव गौतम
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताएका छन् । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताएका छन् । ‘।।संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्तै दुःखी भएको छु,’ गौतमले लेखेका छन् । संविधानले ...

चुरेको गिट्टी, वालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन देउवाको आग्रह

चुरेको गिट्टी, वालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन देउवाको आग्रह
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा निकासीको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।शनिबार ट्वीटरमार्फत विश्व वातावरण दिवसमा शुभकामना सन्देश व्यक्त गर्दै देउवाले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन सरकारसँग माग गरे हुन् । वातावरण बचाउँन हरेकले पहल गर्नुपर्ने भन्दै सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याएको देउवाले बताए ,पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चि ह...

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले  जानकारी दिइन् । विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै पार्टी एकता ज...

सरकारमा तीन उपप्रधानमन्त्री, १२ मन्त्री थपिँदा १३ जना विदा भए

सरकारमा तीन उपप्रधानमन्त्री, १२ मन्त्री थपिँदा १३ जना विदा भए
काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपा...

भदौमै महाधिवेशन गर्न पौडेल पक्षले दबाब दिने

भदौमै महाधिवेशन गर्न पौडेल पक्षले दबाब दिने
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरू गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले माग गरेका छन्।कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित समय भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्न सकिने पौडेल पक्षको भनाइ छ। यसबारे पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले बुधबार भर्चुअल रूपमा छलफल गरेका थिए।सभापति शेरबहादुर देउवालाई पार्टी महाधिवेशनको प्रक्रिया थाल्न पौडेल पक्षले दबाब दिन लागेको हो। अहिलेसम्म ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण...

भोलि नै सरकारमा जाने जनता समाजवादी पार्टीको तयारी

भोलि नै सरकारमा जाने जनता समाजवादी पार्टीको  तयारी
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ‍प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषय छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ। अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ। अध्यक्ष ठाकुरनिकट जसपाका एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने अन्तिम छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार गएका हुन्।हामीले आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेका छौं। कुरा लगभग मि...

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनलगायत मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं। प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो।संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ। यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासबारे वकिलले प्रश्न उठाएका छन्।आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संवि...