×

राजनीति

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार डा।राजन भट्टराईले  जानकारी दिए । जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ । ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फ...

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई, सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई, सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुर...

ओलीको चुनौती- सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ

ओलीको चुनौती- सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’ बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ‘तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’ ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए । ‘आज...

सरकारबारे निर्णय गर्न जसपा संसदीय दलको बैठक बस्दै

सरकारबारे निर्णय गर्न जसपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ।नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जसपा सांसद लक्ष्मणलाल कर्णले  बताए। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन।जसपा सांसद प्रदीप यादवले आफूहरूलाई बैठकबारे खबर नआएको बताए।ठाकुर-महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ। उक्त समूहले संसदीय दलको नेतामा ...

राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनका लागि दलहरुलाई २१ घण्टाकाे समय प्रदान

राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनका लागि दलहरुलाई २१ घण्टाकाे समय प्रदान
६ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।   हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र

धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र

धारा ७६ (५) को सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई प्रधानमन्त्रीको पत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको पत्र राष्ट्रपतिसमक्ष आएको छ र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु हुँदैछ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।  

७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश

७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउन...

महन्थ–उपेन्द्रको सहमति भाँडियो, महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता

महन्थ–उपेन्द्रको सहमति भाँडियो, महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता
जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ । दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । पत्र सचिवालयमा दर्ता भइसकेको छ । यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खा...