×

राजनीति

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने
काठमाडौं ।नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्।स्रोतका अुनसार उनीहरू सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाँदै छन्। आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गर्ने कार्यक्रम छ। देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउन लागेका छन्। उनीहरूले देउवासँगै मन्त्रीको सपथ लिन लागेका हुन्।  

कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने- फेरि सूर्य बादल हटाएर उदाउनेछ

कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने- फेरि सूर्य बादल हटाएर उदाउनेछ
काठमाडौं । प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् । सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए । उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन जीवन हो, हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला, जन...

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो । देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा...

अब म विपक्षी गठबन्धनमा रहन्नँ : माधव नेपाल

अब म विपक्षी गठबन्धनमा रहन्नँ : माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएका छन्। विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने सुनाएको बैठकमा सहभागी एक नेताले  जानकारी दिए। नेपालल...

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज निर्णय आउने सम्भावना

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज निर्णय आउने सम्भावना
काठमाण्डौ - प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठन भएको सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । बहस सकिएसँगै सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैमा आजका लागि पेसी तोकेको हो । संवैधानिक इजालसले सम्भवतः आजै फैसला गर्नेछ । आज नभ्याए अर्को दिनको लागि पेसी तोकिनेछ । संवैधानिक इजालसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई हुनुहुन्छ। न्यायाधीशहरुबीच मतभेद नभए सर्वसम्मत र मत...

एमाले एकता कार्यदलले गर्‍यो १० बुँदे सहमति (सहमति पत्रसहित)

एमाले एकता कार्यदलले गर्‍यो १० बुँदे सहमति (सहमति पत्रसहित)
  नेकपा (एमाले) एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार १३ घण्टासम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर गर्ने, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेका नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय क...

१६ करोड रुपैयाँकाे हिसाब नआएसम्म गण्डकीमा एमालेले सदन चल्न नदिने

१६ करोड रुपैयाँकाे हिसाब नआएसम्म गण्डकीमा एमालेले  सदन चल्न नदिने
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारले बजेटमा उल्लेख नभएका योजनामा गरेको रकमान्तरको विवरण सार्वजनिक गर्न आग्रह गरेको छ ।कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनेपछि गरिएको १६ करोड रुपैयाँ रकमान्तरको विवरण सार्वजनिक नभएसम्म संसद चल्न नदिने नेकपा एमालेका सचेतक मायानाथ अधिकारीले बताए । ‘मानौं त्यो रकमान्तरबारे हामीलाई थाहा नहुन सक्छ । सही ठाउँमा पनि प्रयोग गर्नुभा’को हुन सक्छ । १६ करोड हो कि २२ करोड रु’ अधिकारीले भने, ‘विवरण थाहा हुनुपर्‍यो । ठीक भएको छैन भने त छानवि...

राष्ट्रिय युवा संघ नेपालको कालिकामा सम्पर्क कार्यालय स्थापना

राष्ट्रिय युवा संघ नेपालको कालिकामा सम्पर्क कार्यालय स्थापना
चितवन  । राष्ट्रिय युवा संघ नेपालले कालिकामा आजदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । कालिका नगरपालिकाको वडा नं. ७ मा स्थापना गरिएको सम्पर्क कार्यालयको नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल(शैलेस) ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सचिव खनालले नेकपा एमाले भित्र रहेका युवाहरु देश विकासको एउटा आधार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सचिव खनालले सबै युवा सदस्य नविकरण गर्ने अभियानमा जोडिन आग्रह गर्नुभयो । देशव्यापी रुपमा सदस्यहर...