×

राजनीति

ओली समूहलाई ‘काउन्टर’ दिन नेपाल समूहद्धारा अखिल फोर्स गठन

ओली समूहलाई ‘काउन्टर’ दिन  नेपाल समूहद्धारा अखिल फोर्स  गठन
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने । ओली पक्षले युथ फोर्स पुनर्ग...

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।विप्वल समूहले एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको वलीले ब...

बालुवाटार जग्गा प्रकरणमा ‘फरार’  विजय गच्छदार १० लाख धरौटीमा रिहा

बालुवाटार जग्गा प्रकरणमा ‘फरार’  विजय गच्छदार १० लाख धरौटीमा रिहा
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले  बताए । पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । आज बिहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए ।

बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन

बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताएका छन् । बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताए । तर, उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताए । ओलीले माधव नेपालले एमालेव...

आज बालुवाटार छाड्दै ओली, युथ फोर्सले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने

आज बालुवाटार छाड्दै ओली, युथ फोर्सले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने
काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन्।आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका छन्। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएका थिए। देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन्।आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्...

देउवा सरकारका चार मन्त्रीले लिए सपथ

देउवा सरकारका चार मन्त्रीले लिए सपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । सर्वाेच्चकाे फैसला  अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए । सोही कारण शपथ ग्रह...

प्रधानमन्त्रीको सपथ समाराेहमा देउवा भन्दा पहिल्यै शितल निवास पुगे माधव नेपाल

प्रधानमन्त्रीको सपथ समाराेहमा देउवा भन्दा पहिल्यै शितल निवास पुगे माधव नेपाल
काठमाडौं । प्रधानमन्त्रीको सपथ  समाराेहमा भाग लिनका  लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्दा अघि नै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल शितल निवासमा पुग्नुभएको छ । देउवा पुग्नु अगावै माधव नेपाल ग्रहण स्थलमा पुगेका हुन । देउवा भने राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि सपथ ग्रहण स्थलमा गएका छैनन् । यता एमालेमा एकताको चक्कर चलाएर संस्थापन समूहलाइ भुलभुलैयामा राखेका नेपाल अन्ततः देउवासँगै रहने भएका छन । यसअघि हिजो नेपालले विपक्षी गठबन्धन छाड्ने चर्चा च...

खाँणलाई गृह र कार्कीलाई कानून मन्त्री बनाउने कांग्रेसको तयारी

खाँणलाई गृह  र कार्कीलाई कानून मन्त्री  बनाउने कांग्रेसको तयारी
नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ। स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बुढानिलकण्ठबाट शितल निवासका लागि निस्कन लागेका छन्। देउवाले आफूसँग सपथ खान कांग्रेसबाट २ जना मन्त्री बनाउन लागेका छन्।खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ।