पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै
काठमाडौं । स्थानीय तहको निर्वाचन मिति लगायतनका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्ने समन्वय समितिकी एक सदस्य एवम् राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
यसअघि गत मंगलबार पनि समितिको बैठक बसेको थियो । सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । यद्यपि बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबह...


