×

राजनीति

एमसीसीलाई लिएर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी

एमसीसीलाई लिएर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी
काठमाडौं-अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन एमसीसी लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ ।जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ संशोधनपछि मात्रै पारित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेपछि सत्तारुढ गठबन्धनमा दुईथरी धारणा निर्माण ...

जेठमा स्थानीय तहको निर्वाचन गर्न गठबन्धनको सरकारलाई सुझाव

जेठमा स्थानीय तहको निर्वाचन गर्न  गठबन्धनको सरकारलाई सुझाव
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि ...

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक फेरि शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुको बैठक पुन: बसेको हो । यसअघि नेताहरुले शनिबार विहान पनि छलफल गरेका थिए । साँझ शुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।आज अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्दैछ। पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्न लागेको हो।आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन र स्थानीय चुनावबारे छलफल गर्नेलगायतका एजेन्डा रहेको महामन्त्री गगन थापाले बताए। १४ औं महाधिवेशनबाट सभापति जितेपछि शेरबहादुर देउवाले दुई पटक केन्द्रीय समिति बैठक राखिसकेका छन्।आज तेस्रोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। मंसिरमा कांग्रेसले महाधिवेशन ...

लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश

लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको छ ।लामो समय सुनुवाइ गरी बुधबार जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो । परमादेशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको निर्णय र पत्राचार तथा तदअनुरुप ...

सरकारलाई चुनावको मिति यथाशीघ्र तोक्न आयोगकाे आग्रह

सरकारलाई चुनावको मिति यथाशीघ्र तोक्न आयोगकाे आग्रह
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई ताकेता गरेको हो । आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।त्यस्तै गत पुस...

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ। हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए।यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उ...

आइतबार देशभरका अदालत बन्द हुने

आइतबार देशभरका अदालत बन्द हुने
काठमाडौं । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो । काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी स...

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै, चुनावकाे मितिबारे छलफल हुने

सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै, चुनावकाे मितिबारे छलफल हुने
काठमाडौं ।सत्तारूढ पाँच राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो। यसअघि बिहीबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो। वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि त...