×

राजनीति

एमसीसी पास हुनुपर्छ – प्रधानमन्त्री देउवा

एमसीसी पास हुनुपर्छ – प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् ।संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले सभापति भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए । ‘अरु सबैले त्यही बोले कि एमसीसी पास गर्नुपर्छ’, कोइरालाले ...

निर्वाचनलाई लक्षित गर्दै काँग्रेसद्धारा गैँडाकोटमा नगर वडासम्वाद कार्यक्रम सुरु

निर्वाचनलाई लक्षित गर्दै काँग्रेसद्धारा गैँडाकोटमा नगर वडासम्वाद कार्यक्रम सुरु
गैँडाकोट । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले नवलपरासी (पूर्व)को गैँडाकोटमा नगर वडा सम्वाद कार्यक्रम सुरु गरेको छ । गैँडाकोट नगरपालिका भित्रका १८ वटै वडामा पुगेर त्यहाँका कँग्रेसजनहरुको भावना, समस्या, गुनासा र सुझाव संकलन गर्ने उदेश्यले नगरसंवाद कार्यक्रमको सुरुवात गरिएको हो । नगरसभापति बद्री सापकोटाले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा घरघरमै पुुगेर कार्यकर्ताका सुुझाव, समस्या र भावनाहरु समेट्न नगर वडा संवाद कार्यक्रमको थालनी गरिएको बताउनुुभ...

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम : एमाले

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम : एमाले
काठमाडौं ।प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको ठहर गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए ।महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दल...

अनेरास्ववीयु गैँडाकोटको अध्यक्षमा मनिष अधिकारी

अनेरास्ववीयु गैँडाकोटको अध्यक्षमा मनिष अधिकारी
गैँडाकोट । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु गैँडाकोटको अध्यक्षमा मनिष अधिकारी चयन भएका छन् । आज सम्पन्न दोस्रो नगरअधिवेशन मार्फत अधिकारीको अध्यक्षतामा २८ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा अब्जल बिक, सचिवमा प्रमोद पोखरेल, सहसचिवमा सविता थापा, अन्सु सुवेदी, सन्जय देवकोटा र कोषाध्यक्षमा यन्सीला पौडेल चयन भएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए । २८ सदस्यीय कमिटी गठन गरिएपनि आगामी बैठकमार्फत ११ सदस्य मनोनित गरि कमिटीलाई ३९ सदस्यीय बना...

२७ औँ जनयुद्ध दिवसः माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

२७ औँ जनयुद्ध दिवसः माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ “परिवर्नतकारी क्र...

काँग्रेस गैँडाकाेट ५ द्धारा पारिजात र पूर्ण टोलमा समिति गठन

काँग्रेस गैँडाकाेट ५ द्धारा पारिजात र पूर्ण टोलमा  समिति गठन
नवलपुर । शुक्रबार नेपाली काँग्रेस वडा नं ५ ले पारिजात र पूर्ण टोल समिति गठन गरेको छ । हालसम्म वडा नं ५ मा ११ ओटा टोल समिति गठन गरिएको जानकारी वडा सभापति लक्ष्मण कार्कीले दिनुभयो । पारिजात टोल समितिको गठन कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदनभक्त अधिकारीले नजिकै आएको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि समेत रहनुभएका नेपाली काँग्रेस नगर सभापति बद्री सापकोटाले नेपाली काँग्रेसको आधार विन्दु टोल समिति भएको...

राप्रपा चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) को कार्यालय उद्घाटन

राप्रपा चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) को कार्यालय उद्घाटन
चितवन – राप्रपा को चितवन निर्वाचन क्षेत्र नम्बर ३(क) को पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।भरतपुरको मंगलपुरस्थित कार्यालयको आज ९शुक्रबार० राप्रपाकी केन्द्रीय सहमहामन्त्री एवं बागमती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् । सोही कार्यक्रम मार्फत बिभिन्न पार्टी परित्याग गरी ९ जना राप्रपामा प्रवेश गरेको भरतपुर महानगर सचिव समेत रहेका युवा नेता  सुलभ सिग्देलले जानकारी दिए । उनीहरुलाई सांसद गुरुङ, राप्रपा बागमती प्रदेश अध्यक्ष पिताम्बर अर्याललगायतले टिका लगाएर पार्टीमा स्...

निर्वाचनमा बहुमत ल्याउने एमाले अध्यक्ष ओलीकाे दावी, मतपत्र च्यात्ने सपना नदेख्न आग्रह

निर्वाचनमा बहुमत ल्याउने एमाले अध्यक्ष ओलीकाे दावी, मतपत्र च्यात्ने सपना नदेख्न आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।शुक्रबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् । ‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु  भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ उनले भने ।ओलीले अघि भने, ‘बत्ती निभाएर जित्ने, ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाण्डौ- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।हिजोदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको चुनाव, सङ्गठन सुदृढीकरण, क्रियाशील सदस्यको व्यवस्थापन, नयाँ सदस्यता वितरण, बाँकी जिल्ला अधिवेशनको नयाँ मिति तोक्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने तथा भातृ सङ्गठनको अधिवेशनलगायतका विषयमा छलफल केन्द्रित छ । साथै कांग्रेसले अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष सम...