×

राजनीति

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौंमा एमसीसीविरुद्ध प्रदर्शन
काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनेर रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । प्रदर्शनकारीमाथि पानीको फोहोरा ह...

आजको संसद् बैठकमा एमसीसी टेबल होला ?

आजको संसद् बैठकमा एमसीसी टेबल होला ?
काठमाण्डौ - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन । सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले भने आजको बैठकमा एमसीसी टेबल हुने बताउनु भएको छ । माओव...

नेकपा (एकीकृत समाजवादी) गैँडाकोट कमिटी घाेषणा : अध्यक्षमा मोती वाग्ले चयन

नेकपा (एकीकृत समाजवादी) गैँडाकोट कमिटी घाेषणा : अध्यक्षमा मोती वाग्ले चयन
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गैँडाकोट नगर कमिटीको अध्यक्षमा मोती प्रसाद वाग्ले चयन हुनुभएको छ । पार्टीको आज सम्पन्न नगरस्तरीय भेला मार्फत वाग्लेको अध्यक्षतामा १८ सदस्यीय कमिटी घोषणा गरिएको हो । कमिटीको उपाध्यक्षमा फुल कुमारी ढकाल र चन्द्र सिंजाली रहनु भएको छ । त्यसैगरी सचिवमा सुर्यप्रसाद कंडेल, उपसचिवमा ध्रुव प्रसाद पौडेल र भिम बहादुर श्रीस रहनुभएको छ । नगर कमिटीको सदस्यहरुमा दुर्गा प्रसाद गौतम, विश्वनाथ नेपाल, वेदनिधी शर्मा, अर्जुन पौडेल, हरी प्रस...

एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

एमसीसीबारे छलफल गर्न  गठबन्धनको बैठक बस्दै
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो ।शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पे...

स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला

स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला
स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

एमसीसी  जबरजस्ती अघि बढाए सरकार छाड्ने माओवादीकाे चेतावनी

एमसीसी  जबरजस्ती अघि बढाए सरकार छाड्ने माओवादीकाे चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि...

आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत...

नेकपा एमालेका श्रेष्ठ, प्रधान र पियालाई सम्मान

नेकपा एमालेका श्रेष्ठ, प्रधान र पियालाई सम्मान
चितवन । नेकपा एमालेकाे दशाैँ महाधिवेशनबाट चितवन जिल्ला सदस्यमा निर्वाचित भरतपुर महानगरपालिका वडा नं १ का सन्देश कुमार श्रेष्ठ, प्रह्लाद प्रधान तथा लेखा आयोग सचिव राजेन्द्र कुमार पियालाई मंगलबार एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएकाे छ। नेकपा एमाले भरतपुर महानगरपालिका वडा न १ कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए। सम्मानप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सदस्...

मन्त्री आलेको आपत्तिजनक हर्कत, सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी मार्ने धम्की

मन्त्री आलेको आपत्तिजनक हर्कत, सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी मार्ने धम्की
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ । उहाँले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिनुभएको छ । मन्त्री आलेले निकै तल्लो स्तरको बोलेपछि जनता टाइम्सलाई प्राप्त भिडियोमा युवाले पनि मन्त्री आलेको गालिको जवाफ र्फकाउनुभएको छ । यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शव्द ह...